ह्वास्ट्सएप ह्याकिङ र अनलाइन ठगी बढ्दै, प्रहरीको यस्तो अनुरोध

हिमाल प्रेस ६ चैत २०८२ ८:०९ | Friday, March 20, 2026
6
SHARES
ह्वास्ट्सएप ह्याकिङ र अनलाइन ठगी बढ्दै, प्रहरीको यस्तो अनुरोध

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले हालै देशभर ह्वास्ट्सएप ह्याक गरेर हुने अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

साइबर ब्यूरोका अनुसार ‘म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्’ वा ‘मेरो बैंकिङ एपमा समस्या आएको छ, क्युआर कोडमार्फत पैसा पठाइदिनुहोस्’ भन्ने जस्ता सन्देशहरू प्रयोग गरी ठगी गर्ने घटना पछिल्लो समय बढिरहेका छन्।

यस्ता सन्देशहरू प्रायः ह्याक गरिएका खाताबाट आफन्त, साथीभाइ तथा नजिकका व्यक्तिहरूलाई पठाइने भएकाले बिना पुष्टि कुनै पनि आर्थिक कारोबार नगर्न ब्यूरोले आग्रह गरेको छ।

साइबर ब्यूरोका प्रमुख सुझावहरू

यस्ता सन्देशहरूमा तुरुन्त विश्वास नगर्नुहोस्

सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरी पुष्टि गर्नुहोस्

शंकास्पद लिंक, कोड वा फाइल क्लिक वा डाउनलोड नगर्नुहोस्

Two-Step Verification अनिवार्य रूपमा प्रयोग गर्नुहोस्

OTP वा Verification Code कसैसँग पनि साझा नगर्नुहोस्

मोबाइल तथा एप्स नियमित रूपमा अपडेट राख्नुहोस्

WhatsApp Web प्रयोग गरेपछि अनिवार्य रूपमा Log out गर्नुहोस्

प्रकाशित: ६ चैत २०८२ ८:०९ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast