काठमाडौँ- नियमित गस्तीमा रहेको नेपाल प्रहरीको टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ।नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमनकक्षबाट बुधबार पक्राउ गरिएको हो।
काठमाडौँ महानगरपालिका-३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका-६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका-७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका-२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो।
यसैगरी, बाँकेको कोहलपुर नगरपालिका-१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका-१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ।





