काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शाही एक्ला नेता हुन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरेश भण्डारीलाई पराजित गर्दै जुम्ला–१ बाट उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
शाही २०७९ सालमा प्रतिनिधिसभामा राप्रपाका तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा थिए।
त्यस्तै राप्रपाको प्रमुख सचेतकमा खुश्वु ओली निर्वाचित भएकी छन्। संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत प्मुख सचेतकमा निर्वाचित गरेको हो। ओली समानुपातिकतर्फ निर्वाचित सांसद हुन्।
प्रकाशित: ५ चैत २०८२ १६:३५ | Thursday, March 19, 2026
प्रतिक्रिया





