काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री सेल्सियस छ।
बुधबार ९.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ९.३ डिग्री सेल्सियस कायम भएको थियो। यसअघि मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।
प्रकाशित: ५ चैत २०८२ ८:२४ | Thursday, March 19, 2026
प्रतिक्रिया





