देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टोली घोषणा

हिमाल प्रेस ५ चैत २०८२ ६:५३ | Thursday, March 19, 2026
2
SHARE
देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टोली घोषणा

काठमाडौँ- लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय पुरुष टोली घोषणा गरेको छ । राष्ट्रिय खेलाडी देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा गरेको हो ।

लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरद्वारा जारी विज्ञप्तिअनुसार प्रदेशस्तरीय टोलीको उपकप्तानमा प्रज्वल थापा रहेका छन्। खेलाडीमा आकाश त्रिपाठी, सुमित श्रेष्ठ, रणजीत खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी रहेका छन्।

लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव रोका मगरका अनुसार वैकल्पिक खेलाडीमा रमेश कुर्मी, नरबहादुर सार्की, दिपेश रोका, महेश भर र सम्राट भुसाल रहेका छन्। लुम्बिनी प्रदेशस्तरीय टोलीका मुख्य प्रशिक्षक बसन्त शाही, व्यवस्थापक विजय सिंह ज्ञवाली र सहायक प्रशिक्षक घनश्याम थारु छन्।

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चैतको ७ गतेदेखि वैशाखको ४ गतेसम्म काठमाडौ, जनकपुर र वीरगन्ज गरी तीन स्थानमा प्रतियोगिता हुन थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast