इरानस्थित प्राकृतिक ग्यास क्षेत्रमा हवाई आक्रमण

हिमाल प्रेस ४ चैत २०८२ २०:२४ | Wednesday, March 18, 2026
6
SHARES
इरानस्थित प्राकृतिक ग्यास क्षेत्रमा हवाई आक्रमण फाइल तस्बिर

काठमाडौँ- इरानको साउथ पार्स ग्यास क्षेत्रमा रहेको पेट्रोकेमिकल कम्प्लेक्समा हवाई आक्रमण भएको छ।

यो जानकारी इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) सँग आवद्ध समाचार संस्था ‘तस्नीम’ ले दिएको हो।

साउथ पार्स विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र हो, जहाँ इरान र कतार दुवैले आ–आफ्ना प्लान्ट सञ्चालन गर्छन्। तस्नीमका अनुसार यो आक्रमण बुधबार भएको हो।

फार्स न्युज एजेन्सीले जनाएअनुसार आक्रमणमा केही ग्यास रिजवार्यर र सुविधाहरूलाई निशाना बनाइएको छ। असालुयेहका गभर्नर इस्कन्दर पासालारले आक्रमणबाट दक्षिणी पार्सका धेरै क्षेत्र प्रभावित भउको बताएका छन्।

त्यहाँ कार्यरत कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ।

प्रकाशित: ४ चैत २०८२ २०:२४ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast