कोशी एक्सिलेन्स अवार्ड चैत ७ गते

हिमाल प्रेस ३ चैत २०८२ १८:१५ | Tuesday, March 17, 2026
18
SHARES
कोशी एक्सिलेन्स अवार्ड चैत ७ गते

इटहरी- नयन मिडिया फाउन्डेसनले चैत ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ गर्ने भएको छ। इटहरीस्थित सोल्टी वेस्टेन्डमा हुने कार्यक्रमको तयारी ८० प्रतिशत पूरा भएको फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।

अवार्डको निर्णायक समितिको संयोजकमा संविधानसभा सदस्य पवन शारडा छन् भने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार छन्।

यस्तै कार्यक्रममा सहभागी हुन रजिस्ट्रेसन गर्ने सबैलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’ को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको छ। यो सदस्यता कार्डमार्फत होटेलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

नयन मिडिया फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार कार्यक्रमलाई अझ सहभागीमैत्री, व्यवस्थित र आकर्षक बनाउन होटेलसँग यस्तो सहकार्य गरिएको हो। उनले सोल्टी वेस्टेन्डसँगको साझेदारीले अवार्ड समारोहलाई थप प्रभावकारी र यादगार बनाउने विश्वास व्यक्त गरे। यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई अवार्ड गरिने आयोजकले जनाएको छ।

कृषि तथा फार्मिङ इनोभेसन, बैंकिङ तथा फाइनान्सियल सर्भिस, कर्पोरेट बिजनेस लिडरसिप, शिक्षा तथा एकेडेमिक एक्सिलेन्स, स्वास्थ्य तथा मेडिकल केयर, साहित्य तथा आर्ट्स एन्ड राइटिङ, मिडिया तथा जर्नालिजम, सामाजिक कार्य, खेलकुद, स्टार्टअप इनोभेसन, प्रविधि, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल, सङ्गीत तथा क्यापिटल मार्केटलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ।

कार्यक्रममा १६ विधामा अवार्ड प्रदान गरिने र करिब ५ सय भन्दा बढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ३ चैत २०८२ १८:१५ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast