हावाहुरीले उडायो चाँगुनारायणका दुई घरको छानो, दुवै घर पूर्णरूपमा ध्वस्त

हिमाल प्रेस ३ चैत २०८२ ८:१२ | Tuesday, March 17, 2026
14
SHARES
हावाहुरीले उडायो चाँगुनारायणका दुई घरको छानो, दुवै घर पूर्णरूपमा ध्वस्त

काठमाडौँ- सोमबार साँझ आएको हुरीले भक्तपुरको चाँगुनारायणमा दुई घरमा क्षति पुगेको छ। चाँगुनारायण नगरपालिका २ दुवाकोट त्रिपुराटोलस्थित ठकुरी टोलमा रहेका दुई घर हावाहुरीको कारण भत्किएका छन्।

सोमबार आएको हुरीले रामहरि बस्नेतको एकतले कच्ची घरको जस्ताको छाना तथा फलामको बिमसमेत उडाउनुका साथै घर पूर्ण रूपमा क्षतिग्रत भएको छ। उक्त घरको छानो उडाएर नजिकै रहेको ११ हजार भोल्टेजको थ्रीफेज तारमा अड्किँदा त्यसको भार थाम्न नसरी ट्रान्सफर्मर रहेको दुई वटा सिमेन्टको खम्बासमेत भाँच्चिएका छन्।

उक्त खम्बा ढल्दा नजिकैको सुशीला खड्काको घरमा पनि क्षति पुगेको स्थानीय विकास प्रहरले जानकारी दिए। हुरीले घर नजिकै रहेको अर्को विद्युत्को खम्बा ढलेपछि सडक अवरुद्ध बनेको थियो। जसको कारण केही समय सवारी साधनको आवतजावत रोकिएको थियो।

हुरीका कारण दुई वटा घर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। हुरीपछि चाँगुनारायण नगर विपद् समितिले नगर प्रहरीमार्फत त्रिपालको व्यवस्था गरी घर छोपिएको छ। हुरी रोकिएपछि त्रिपुरा नगर टोल सुधार समितिका पूर्वअध्यक्ष उपेन्द्र ढकाल, समितिका अध्यक्ष श्याम थापासहितको टोली, चाँगुनारायण नगर प्रहरी, प्रहरी प्रभाग दुवाकोटको टोलीले उद्धार गरी घरलाई सुरक्षित राख्ने प्रयास गरिएको वडा नम्बर २ का वडाध्यक्ष सोम प्रधानले बताए।

घटनास्थलमै पुगेका उनले क्षतिको विवरण संकलन गरी पीडित परिवारलाई नगरपालिकामार्फत क्षतिपूर्तिको व्यवस्था गरिने जानकारी दिए। रासस

प्रकाशित: ३ चैत २०८२ ८:१२ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast