अर्जुननरसिंह केसीले चलाउने छन् प्रतिनिधिसभाको पहिलो बैठक

हिमाल प्रेस ३ चैत २०८२ ६:३१ | Tuesday, March 17, 2026
42
SHARES
अर्जुननरसिंह केसीले चलाउने छन् प्रतिनिधिसभाको पहिलो बैठक

काठमाडौँ- नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुननरसिंह केसीले प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्ने भएका छन् । सोमबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातितकर्फ निर्वाचित सूचीमा ७८ वर्षीय केसी सबैभन्दा ज्येष्ठ सांसद हुन् ।

केसीले बैठक सञ्चालन नगरेको अवस्थामा नेनेकपाका ७३ वर्षीय सांसद परशुराम तामाङले सञ्चालन गर्नेछन् । संविधानत: ज्येष्ठ सांसदले पहिलो बैठक सञ्चालन गर्छन्।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९० को उपधारा ५ मा व्यवस्था छ।

 

प्रकाशित: ३ चैत २०८२ ६:३१ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast