भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

हिमाल प्रेस २ चैत २०८२ १५:२६ | Monday, March 16, 2026
8
SHARES
भारतको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडौँ– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा १० जना बिरामीहरूको मृत्यु भएको छ।

ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले पत्रकारहरूलाई बताए।

बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किटका कारण आगलागी भएको उनले जानकारी दिए।

घटनाको समयमा २३ जना विरामी उपचाररत रहेको पुष्टि गर्दै उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको बताए। बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पीडित परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन्।

यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी घाइते भएका थिए। त्यही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो।रासस/एएफपी

प्रकाशित: २ चैत २०८२ १५:२६ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast