जनमत पार्टीको महाधिवेशन आगामी असोज ९ र १० मा

हिमाल प्रेस २ चैत २०८२ ७:४८ | Monday, March 16, 2026
12
SHARES
जनमत पार्टीको महाधिवेशन आगामी असोज ९ र १० मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- जनमत पार्टीले महाधिवेशन आगामी असोज ९ र १० गते गर्ने भएको छ।  यसअघि चैत २० र २१ गतेलाई तय भएको महाधिवेशन निर्वाचनका कारण तयारी नपुगेको भन्दै महासचिव चन्दन सिंहले जानकारी दिए।

आइतबार बसेको सचिवालय बैठकले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य, चुनावको क्षेत्रीयस्तरीय समीक्षा आगामी चैत ७ गतेसम्म गरी माथि पठाउन भनिएको उनले बताए।

‘चुनावी समीक्षासहितको लिखित रिपोर्टसहित तयार गरी केन्द्रीय सचिवालयमा पठाउन भनिएको छ। यस्तै जनमत पार्टीले सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्नुपर्ने भएकोले जिल्ला समन्वय समितिका सदस्यहरूबाट बढीमा ७ जना हुने गरी आगामी चैत १४ गतेसम्म भौतिक बैठक गरी केन्द्रीय सचिवालयबाट पठाएको प्रतिनिधिको रोहबरमा चयन गर्न पनि निर्देशन दिइएको छ,’ उनले भने।

प्रकाशित: २ चैत २०८२ ७:४८ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast