काठमाडौँ- फागुन लागेपछि एकाएक तातो फर्किएको काठमाडौँमा फेरि चिसो महसुस हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियसमा झरेको हो।
अझ यो सुरुवाती मापन मात्र हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।
हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस थियो। विभागका अनुसार वर्षा हुने सम्भावना रहेकाले पनि तापक्रम घटेको हो।
प्रकाशित: २ चैत २०८२ ७:०२ | Monday, March 16, 2026
प्रतिक्रिया





