रूखको हाँगाले लागेर एकको मृत्यु

हिमाल प्रेस २ चैत २०८२ ६:१४ | Monday, March 16, 2026
10
SHARES
रूखको हाँगाले लागेर एकको मृत्यु

काठमाडौँ- रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रूखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। हावाहुरीका कारण रुखको हाँगो झरेर लाग्दा स्थानीय ५५ वर्षीय धने खत्रीको मृत्यु भएको हो।

मिस्त्री काम गरी घर फर्किने क्रममा हावाहुरीका कारण ओखरको रुखको हाँगा भाच्चिएर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।

घटनाको खबर पाएलगत्तै प्रहरीचौकी मग्माबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर रावत नेतृत्व तीन जनाको टोली घटनास्थल पुगेको थियो।

प्रकाशित: २ चैत २०८२ ६:१४ | Monday, March 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast