फाइल तस्बिर
काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारको सिफारिसमा नियुक्त हुने राष्ट्रियसभाको एक पद रिक्त रहेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले एक जनालाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने व्यवस्था छ।
यसअघि राष्ट्रियसभाको यो सिटमा वामदेव गौतम सिफारिस भएका थिए। यही फागुन १९ मा गौतमको पदावधि सकिएपछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो।
अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहनिकट मानिन्छन्। शाह काठमाडौँ महानगरपालिकाका मेयर छँदा अर्याल सल्लाहकार थिए। रास्वपाले शाहलाई आगामी प्रधानमन्त्री बनाउने तयारी गरेको छ।





