यूएईको फुजैरास्थित ऊर्जा केन्द्रको दिशाबाट उडिरहेको धुवाँको मुस्लो। तस्बिर : एफपी
काठमाडौँ- अमेरिका, इजरायल र इरानबीचको युद्ध १५ औँ दिनमा पुगेको छ। यसपटक अमेरिकाले इरानको अर्थतन्त्रमाथि प्रहार गर्ने प्रयास गरेको छ।
अमेरिकाले इरानको खार्ग टापुमा रहेका ९० भन्दा बढी सैन्य स्थलहरूमा बमबारी गरेको दाबी गरेको छ।
अमेरिकी दाबीअनुसार रातभर गरिएको बमबारीमा खार्ग टापुका ९० भन्दा बढी सैन्य ठेगानाहरू ध्वस्त पारिएका छन्। यो महत्वपूर्ण टापु उत्तरी खाडीमा अवस्थित छ र इरानको करिब ९० प्रतिशत तेल निर्यातको केन्द्र पनि हो।
अर्कोतर्फ इरानले भने आफ्नो तेल पूर्वाधारमा कुनै क्षति नभएको र कसैको मृत्यु पनि नभएको बताएको छ।
इजरायलले यो हमलाले इरान सरकारलाई ‘कडा झड्का’ दिएको उल्लेख गरेको छ। साथै, इजरायलका रक्षामन्त्रीले इरानसँगको संघर्ष अब ‘निर्णायक चरण’ मा प्रवेश गरेको चेतावनी दिएका छन्।
यसैबीच यूएईको फुजैरा बन्दरगाहमा कालो धुवाँको ठूलो मुस्लो उठेको देखिएको छर यो स्थान पश्चिम एसियाका ठूला तेल सुविधाहरूमध्ये एक हो, जहाँ जहाजहरूलाई इन्धन उपलब्ध गराइन्छ।





