माओवादी नेता पौडेल भन्छन् : कांग्रेसलाई बाइपास गरेर जानु हुँदैन

हिमाल प्रेस १२ माघ २०७९ १७:२५ | Thursday, January 26, 2023
माओवादी नेता पौडेल भन्छन् : कांग्रेसलाई बाइपास गरेर जानु हुँदैन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टी राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्छ भन्नेमा अडिग रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले यस्तो बताएका हुन्।

पौडेलले पुस १० गते सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार एमालेले राष्ट्रपति लिनेबारे माओवादी प्रष्ट भए पनि राष्ट्रिय सहमति नै प्राथमिकतामा रहेको बताए।

संसद्‌मा भएका सबै दलहरूको सहमति खोज्ने प्रयास भइरहेको उनले बताए। उनले भने, ‘एमाले, कांग्रेस, माओवादीसहित सबै दल सहमति गरेर अगाडि जाऔं भनेका हौँ। एमालेसँग सहमतिकै कोर्षमा छौँ। तर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई बाइपास गरे पनि त जानु हुँदैन।’

प्रकाशित: १२ माघ २०७९ १७:२५ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast