हिउँदकै पानीले बगायो फेमे खोलाको डाइभर्सन

हिमाल प्रेस २९ फागुन २०८२ ११:३१ | Friday, March 13, 2026
6
SHARES
हिउँदकै पानीले बगायो फेमे खोलाको डाइभर्सन

पाँचथर- चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम हुँदै नांगीन, याङनाम र सिदिन भएर भारतसँगको सीमावर्ती क्षेत्र फालौटसम्म जोड्ने सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले डाइभर्सनमा जडान गरिएका ह्युम पाइपसमेत बगाएर लगेको छ। बिहीबार साँझ फिदिम नगरपालिका–१२ र १३ का केही क्षेत्रमा परेको ठुलो वर्षापछि आएको बाढीले ह्युम पाइप बगाएको हो।

२०८१ असोज १२ गते आएको बाढीले सो स्थानको पक्की पुल बगाएपछि उक्त खोलामा यातायात डाइभर्सनका भरमा सञ्चालन हुँदै आएको थियो। गत वर्ष पनि पटक–पटक डाइभर्सन बग्दा सवारी आवागमन अवरुद्ध हुने गरेको थियो।

उक्त स्थानमा प्रदेश सरकारले बेलिब्रिज निर्माण गरिरहेको भए पनि जडानको काम अझै सम्पन्न भइसकेको छैन। क्षतिग्रस्त डाइभर्सन मर्मत गरी सडक खुलाउने प्रयास पूर्वाधार विकास कार्यालय पाँचथरले बिहानैदेखि गरिरहेको कार्यालय प्रमुख सैलेन्द्र सिंहले बताउनुभयो।

प्रकाशित: २९ फागुन २०८२ ११:३१ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast