प्रदर्शनमा फिल्म ‘लालिमा’

हिमाल प्रेस २९ फागुन २०८२ ११:२७ | Friday, March 13, 2026
12
SHARES
प्रदर्शनमा फिल्म ‘लालिमा’

काठमाडौँ- फिल्म ‘लालिमा’ आजदेखि हलमा लागेको छ। फिल्म यौनकर्मीहरूको समस्या, पीडा र मानसिकता अवस्थामा आधारित रहेको निर्माण टिमले जनाएको छ।

फिल्ममा नाट्यकर्मी तथा मोडल रोशनी कार्की शीर्ष भूमिकामा छिन्। उनी यौनकर्मीको भूमिकामा देखिएकी छन्।

रोशन मिराजले निर्देशन गरेको फिल्ममा बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरी लालिमाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।

रोशनीसँगै फिल्ममा जीवन भट्टराई, उषा रजक, शिशिर वाङ्देल, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेलललगायत कलाकारले अभिनय गरेका छन्।

फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मले पहिलो दिन करिब ६० सो पाएको टिमले जनाएको छ। योसँगै हलमा फिल्म ‘आ बाट आमा’, ‘रमिताको पिरती’, ‘ओ रोमियो’, ‘क्राइम १०१’लगायत फिल्म चलिरहेको छ।

प्रकाशित: २९ फागुन २०८२ ११:२७ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast