ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

हिमाल प्रेस २९ फागुन २०८२ ११:०८ | Friday, March 13, 2026
2
SHARE
ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

हेटौँडा- नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: २९ फागुन २०८२ ११:०८ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast