काठमाडौँ- शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
प्रकाशित: २९ फागुन २०८२ १०:५७ | Friday, March 13, 2026
प्रतिक्रिया





