रूख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु

हिमाल प्रेस २९ फागुन २०८२ ६:४४ | Friday, March 13, 2026
10
SHARES
रूख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु

काठमाडौँ- झापामा हुण्डरीले रूख ढाल्दा घरमै सुतिरहेकी किशोरीको मृत्यु भएको छ। गएराति नौबजे हल्दीबारी गाउँपालिका २ पाराखोपी बस्ने प्रेमलाल राजवंशीकी १७ वर्षीया छोरी आरती राजवंशीको ढलेको रुखले थिच्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

राति किशोरी आफ्नै घरमा सुती रहेको अवस्थमा वर्षासहित आएको ठूलो हावाहुरीले घर नजिकै रहेको आँपको रूख ढालेको थियो।

रुखले किच्दा किशोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रुख बजारिँदा राजबंशीको घर पनि भत्किएको छ।

प्रकाशित: २९ फागुन २०८२ ६:४४ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast