समानुपातिकतर्फ कुन दलले पाए कति सिट?

हिमाल प्रेस २८ फागुन २०८२ २०:११ | Thursday, March 12, 2026
28
SHARES
समानुपातिकतर्फ कुन दलले पाए कति सिट?

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको छ।

आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलहरूको समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) बमोजिम सम्बन्धित दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनअनुसमार तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने दलहरूको सिट संख्या टुंगो लगाइएको अयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थ्रेसहोल्ड कटाएका छन्।

समानुपातिक प्रणालीतर्फ प्राप्त मतका आधारमा रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टी र राप्रपाले ४–४ सिट प्राप्त गरेका छन्।

प्रकाशित: २८ फागुन २०८२ २०:११ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast