साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथामा ‘एक दिन’

हिमाल प्रेस २८ फागुन २०८२ १२:५१ | Thursday, March 12, 2026
साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथामा ‘एक दिन’

काठमाडौँ-  बलिउड फिल्म ‘एक दिन’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार साईं पल्लवी र जुनैद खानबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। साथै प्रेमसँगै जीवनमा आउने उतारचढाव देखाइएको छ।

बलिउडमा अभिनेत्री साईं पल्लवीको यो डेब्यु फिल्म हो। उनी दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन्।

अभिनेता जुनैद आमिर खानका छोरा हुन्। आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म सुनील पाण्डेको निर्देशनमा बनेको छ। फिल्म आगामी मे १ अर्थात् २०८३ साल वैशाख १८ गते प्रदर्शन हुनेछ।

यो फिल्म सन् २०१६ मा प्रदर्शन भएको थाई फिल्म ‘वान डे’ को रिमेक हो।

प्रकाशित: २८ फागुन २०८२ १२:५१ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast