काठमाडौँ- नेकपा एमालेले यसपटक लज्जास्पद हार व्यहोरेपछि नेताहरूले आन्तरिक बहस थालेका छन्। प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट पाएको छ। अघिल्लो पटक समानुपातिकमा पहिलो मत पाएको एमाले यसपटक तेस्रोमा सीमित छ। नेताहरूले नेतृत्वमाथि दबाब बढाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पनि मत कम आएको स्वकारेका छन्।
यता नेताहरूले भने विभिन्न कोणबाट कुरा उठाउन थालेका छन्। एमाले नेता प्रकाश पौडेलले सबै संगठित सदस्य खारेज गर्न अनुरोध गरेका छन्। सामाजिक सन्जालमार्फत पौडेलले सबै कमिटी भंग गर्दै साधारण सदस्य भने खारेज गर्नुपर्ने कुरा अघि सारेका छन्। ‘नेकपा एमालेको सबै कमिटी विघटन गरौँ। सबै संगठित सदस्य खारेज गरेर फेरि संगठन सदस्य भर्न आह्वान गर्नु आजको आवस्यकता हो। समग्र कमिटी विघटन गरेर नेकपा एमाले निर्माणको बाटो खोल्दिनुस अध्यक्ष ज्यू’ उनले भनेका छन्।





