काठमाडौँ- नेपालमा पहिलोपटक विश्व प्लम्बिङ दिवस मनाइएको छ। बुधबार नेपाल प्लम्बिङ संघले विभिन्न कार्यक्रम गरेर दिवस मनाएको हो।
दिवसमा अवसरमा काठमाडौँमा ५ किलोमिटर शान्ति पदयात्रा गरिएको थियो। त्यस्तै जनचेतनामूलक पर्चा वितरण, व्यावसायिक प्लम्बिङ मापदण्ड र दक्ष जनशक्ति विकासमा विशेषज्ञहरूले चर्चा समेत गरेका थिए।
संघका संस्थापक अध्यक्ष दीपक सुनुवारको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष भवानीस्वर रञ्जितकारले स्वागत मन्तव्य राखेका थिए।
प्रकाशित: २७ फागुन २०८२ १७:३७ | Wednesday, March 11, 2026
प्रतिक्रिया





