बलिउड फिल्म ‘वेलकम’ को चौथो शृंखला बन्ने

हिमाल प्रेस २७ फागुन २०८२ १३:३३ | Wednesday, March 11, 2026
6
SHARES
बलिउड फिल्म ‘वेलकम’ को चौथो शृंखला बन्ने

काठमाडौँ- बलिउडको लोकप्रिय कमेडी फिल्म ‘वेलकम’ को शृंखला बन्ने भएको छ।

फिल्मको तेस्रो शृंखला ‘वेलकम टु द जंगल’ प्रदर्शनको तयारीमा छ। फिल्म आगामी २६ जुन २०२६ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक अहमद खान हुन्।

यसैबीच निर्माता फिरोज नाडियाडवालाले चौथो भागको पनि स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको भारतीय संचारमाध्यमलाई जनाएका छन्।

कुराकानीमा उनले दर्शकले मन पराएका पुराना पात्रहरूलाई फेरि पर्दामा ल्याउने तयारी भइरहेको संकेत दिएका छन्।

यसअनुसार अक्षय कुमारको चरित्र राजीव, नाना पाटेकरको उदय भाइ, अनील कपूरको मजनु भाइ र परेश रावलको डा. घुंगरू जस्ता पात्र पुनः रोहोरिनेछन्।

‘वेलकम’ सन २००७ मा प्रदर्शन भएको थियो। पहिलोे भाग नै सुपरहिट बन्यो। दोस्रो शृङ्खला ‘वेलकम ब्याक’ पनि दर्शकले रुचाए।

प्रकाशित: २७ फागुन २०८२ १३:३३ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast