काठमाडौँ- प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना बुधबार बिहानसम्म पनि जारी रहेको छ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार हालसम्म कुल १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको एमालेले १४ लाख ४८ हजार ३१८ मत ल्याएको छ । नेपाली कम्युनिष्ट पार्टी ८ लाख २ हजार ७४३ मतका साथ चौथो स्थानमा देखिएको छ।
श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख २९ हजार १९७ मत खसेको छ ।
प्रकाशित: २७ फागुन २०८२ ६:३१ | Wednesday, March 11, 2026
प्रतिक्रिया





