काठमाडौँ- झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ युट्युबमा सार्वजनिक भएको छ। फिल्म ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
फिल्ममा विपिन कार्की, सुहाना थापा र धीरज मगर मुख्य भूमिकामा छन्।
फिल्मले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा प्रस्तुत गरेको छ। अभिनेता विपिन कार्कीले उक्त पात्रको अभिनय गरेका छन्। उनी कमला माई बनेका छन्।
लैंगिक अल्पसंख्यक समुदायका मानिसलाई समाजले हेर्ने दृष्टिकोण र उनीहरूमाथि भइरहेको अन्याय, भेदभावका कुरा फिल्ममा देखाइएका छ। जुन भागवत र गीता नामका पात्रमार्फत भनिएको छ।
२०८० सालमा प्रदर्शन भएको फिल्मले हलमा राम्रो व्यापार गर्न सकेन। युट्युबमा भने २४ घण्टामा साढे ५ लाख भन्दा बढि दर्शकले हेरिसकेका छन्। फिल्म सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा बनेको थियो।
यस्ताे छ फिल्म





