काठमाडौँ- भक्तपुरमा ९ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणको तयारी सुरु गरिएको छ।
जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माणको आवश्यक तयारी सुरु गरिएको हो। रथका लागि आवश्यक चक्कालगायतका धेरै काठ पुराना भएकाले नयाँ काठहरू ल्याएर रथ निर्माण गर्न लागिएको हो।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंगेलमा लिंगो जात्रा मनाएर साँझ लिंगो ढालेर जात्रा मनाइन्छ।
जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि सम्पूर्ण सामाग्रीको व्यवस्थापन गुठी संस्थानले गर्दै आएको छ।
प्रकाशित: २६ फागुन २०८२ १६:५५ | Tuesday, March 10, 2026
प्रतिक्रिया





