रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाई

हिमाल प्रेस २६ फागुन २०८२ १०:४४ | Tuesday, March 10, 2026
16
SHARES
रवि र बालेनलाई भुटानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ- भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रतिनिधिसभा निर्वाचनमा बहुमत हासिल गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई बधाई दिएका छन्।

प्रधानमन्त्री तोब्गेले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले चुनाव सफल भएकामा सबै नेपाली जनतालाई पनि बधाई दिएका छन्।

उनले भुटान र नेपालबिचको मित्रता अझ गाढा बनाउन तयार रहेको पनि उल्लेख गरेका छन्। ‘नेपालको आम निर्वाचनमा ठूलो विजय हासिल गर्नुभएमामा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ। साथै सफल चुनावका लागि म नेपाली जनतालाई पनि बधाई दिन्छु’, भुटानका प्रधानमन्त्री तोब्गेले लेखेका छन्,‘दुईदेशबिचको गहिरो मित्रता अझ प्रगाढ बन्ने आशा छ।’

यसअघि सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि र वरिष्ठ नेता बालेनलाई टेलिफोनमार्फत विजयका लागि बधाई दिएका थिए।

प्रकाशित: २६ फागुन २०८२ १०:४४ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast