गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर युवकको मृत्यु

हिमाल प्रेस २६ फागुन २०८२ ९:०७ | Tuesday, March 10, 2026
8
SHARES
गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर युवकको मृत्यु

गुल्मी- गुल्मीमा माछा मार्ने क्रममा बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा सोमबार मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको हो।

प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएका थिए। उनी घर फर्केपछि स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको सूचना अधिकारी सारुले बताए।

प्रकाशित: २६ फागुन २०८२ ९:०७ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast