मोटरसाइकलको ठक्करले बाफलमा महिलाको मृत्यु

हिमाल प्रेस २६ फागुन २०८२ ८:१२ | Tuesday, March 10, 2026
4
SHARES
मोटरसाइकलको ठक्करले बाफलमा महिलाको मृत्यु

काठमाडौँ- काठमाडौँको बाफलमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार पुरुष घाइते भएका छन्।

काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा बा‍प्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु।७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। उनको शहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८२ ८:१२ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast