दुई लघुवित्तले घोषणा गरे लाभांश

हिमाल प्रेस १२ माघ २०७९ १३:१२ | Thursday, January 26, 2023
दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौँ- दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

स्वाभिमान लघुवित्तले शेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ। लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० छ।

साथै सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लघुवित्तको चुक्ता पुँजी २७ करोड छ।

दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ।

प्रकाशित: १२ माघ २०७९ १३:१२ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast