आज यी स्थानमा हुनेछ वर्षा

हिमाल प्रेस २६ फागुन २०८२ ६:३५ | Tuesday, March 10, 2026
8
SHARES
आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २६ फागुन २०८२ ६:३५ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast