आज राति १२ बजेदेखि आचारसंहिता निष्क्रिय हुँदै

हिमाल प्रेस २५ फागुन २०८२ १८:५८ | Monday, March 9, 2026
20
SHARES
आज राति १२ बजेदेखि आचारसंहिता निष्क्रिय हुँदै

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको छ।

आयोगले आज यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरेको थियो।

गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो। उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २५ फागुन २०८२ १८:५८ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast