काठमाडौँ- झापा ५ बाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ अत्याधिक मतसहित निर्वाचित भइसकेका छन्। उनले एमालेका अध्यक्ष केपी ओलीलाई हराएका हुन्। र्यापर बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर हुन्।
चुनावी प्रचारका क्रममा बालेन देशका अधिकांश स्थानमा जनतासँग साक्षात्कार गर्न पुगेका थिए। सुदूरपश्चिम भेगकाे यात्राको क्रममा उनले फेसबुकमा एक फोटो सार्वजनिक गर्दै क्याप्सन लेखे, ‘सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई।’ त्यतिबेला उक्त दुई लाइन निकै चर्चित बन्यो। धेरैले ‘कपि’ पनि गरे।
यता गायक राजेश पायल राईले पनि त्यही क्याप्सनमा एउटा गीत बनाएर सार्वजनिक गरेका छन्। बालेनले चुनाव जितेपछि उनले आफ्नै युट्युब च्यानतमार्फत गीत सार्वजनिक गरेका हुन्।
बालेनसँगै रास्वपाका सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग आफूले खिचेको तस्बिर राखेर उनले गीतको भिडियो बनाएका छन्।
गीतको लिंक फेसबुकमा सार्वजनिक गर्दै गायक राजेशले भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई गीत उपहार दिएको बताएका छन्। उनले लेखेका छन्, ‘मैले गीत नै उपहार दिएँ। बाँकी हेर्नु नहेर्नु तपाईंको अधिकार। भावी प्रधानमन्त्री बालेन शाहको स्टाटसबाट लिएको शब्द- झिक्कै झिक्कै माया तम्लाई।’
यस्ताे छ गीत





