महिलाको कथामा फिल्म ‘टिका’ बन्ने, शंकर कार्कीकाे निर्देशन

हिमाल प्रेस २५ फागुन २०८२ ११:२८ | Monday, March 9, 2026
12
SHARES
महिलाको कथामा फिल्म ‘टिका’ बन्ने, शंकर कार्कीकाे निर्देशन

काठमाडौँ- महिलाको कथामा फिल्म ‘टीका’ बन्ने भएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै टिमले फिल्म निर्माण घोषणा गरेको हो।

पोस्टरमा टिकालाई रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ। जसले फिल्ममा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गरेकाे छ।

फिल्म शंकर कार्कीले निर्देशन गर्नेछन्। फिल्मले नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा समेट्ने निर्देशक कार्कीले बताए।

चन्दन झा र निर्देशक कार्कीको कथामा रहेको फिल्मको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन्।

फिल्ममा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी र हाँस्य कलाकार निर्मल शर्मा, बाल कलाकार आयुशी ढकाल अनुबन्धित भइसकेका छन्।

अन्य कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीले बताए।

फिल्म भविष्य खड्का फिल्मस् को प्रस्तुति र थर्ड आइ आर्ट्सको सहकार्यमा बन्नेछ। फिल्मकी निर्मात्री भविष्य खड्का हुन्। उनी चर्चित फिल्म ‘जेरी अन टप’ की निर्मात्री हुन्।

प्रकाशित: २५ फागुन २०८२ ११:२८ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast