सर्लाही ४ मा हारे गगन थापा, अमरेशको जित

हिमाल प्रेस २४ फागुन २०८२ ६:३८ | Sunday, March 8, 2026
6
SHARES
सर्लाही ४ मा हारे गगन थापा, अमरेशको जित नेपाली कांग्रेसका सभापति गगन थापा।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। आइतबार बिहान सम्पन्न सर्लाही ४ को अन्तिम मतपरिणाम अनुसार अमरेशकुमार सिंहले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्।

अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे। गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए। पहिलोपटक समानुपातिक प्रणालीबाट निर्वाचित उनले पछिल्लो ३ पटक काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट जित निकालेका थिए ।

गगन गत पुसमा भएको कांग्रेसको दोस्रो महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । कांग्रेसले गगनलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो ।

 

प्रकाशित: २४ फागुन २०८२ ६:३८ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast