केपी ओलीको हार सुनिश्चित, बालेन जितनजिक

हिमाल प्रेस २३ फागुन २०८२ १२:३९ | Saturday, March 7, 2026
16
SHARES
केपी ओलीको हार सुनिश्चित, बालेन जितनजिक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। झापा ५ मा जारी मतगणना अनुसार बालेनले कायम गरेको मतान्तर गन्न बाँकी मतभन्दा कम भएसँगै उनको जित सुनिश्चित भएको हो।

पछिल्लो मतगणना अनुसार बालेनले ४७ हजार ७७९ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरेका छन्। यो झण्डै ३५ हजारको मतान्तर हो।

झापा–५ मा १ लाख ६ हजार मत खसेको छ। त्यसमध्ये अहिलेसम्म ७५ हजार ३७७ मत गणना भएको छ । अब करिब ३१ हजार मत गन्न बाँकी छ। अब गन्ने सबै मत ओलीले ल्याए पनि बालेनले चुनाव जित्नेछन्।

यो क्षेत्रमा नेपाली काँग्रेसकी मन्धरा चिमरियाले १ हजार ३१८ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १ हजार ८७ मत तथा श्रम संस्कृति पार्टीका समिर तामाङले ७ हजार ५३५ मत प्राप्त गरेका छन्।

 

प्रकाशित: २३ फागुन २०८२ १२:३९ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast