कास्की २ : रविसँगै टीभीमा काम गरेका उत्तम पौडेलले तोडे एमालेको किल्ला

विजय नेपाल २३ फागुन २०८२ १०:२५ | Saturday, March 7, 2026
6
SHARES
कास्की २ : रविसँगै टीभीमा काम गरेका उत्तम पौडेलले तोडे एमालेको किल्ला

पोखरा- कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तम पौडेल निर्वाचित भएका छन्। कास्की ३ मा रास्वपाकै उम्मेदवार विना गुरूङले जित हासिल गरिसकेकी छन्। कास्की १ मा मतगणना जारी छ । जसमा रास्वपाकै गनेश पौडेलले फराकिलो मतान्तर कायम गरेका छन्।

गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की २ बाट निर्वाचित उत्तमले सर्वाधिक ३१ हजार ९११ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनी झण्डै २५ हजार मतान्तरले विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेमा रश्मि आचार्यले ७ हजार ४९३ मात्र पाए। काँग्रेसका माधवप्रसाद बास्तोलाले ६ हजार ५ मत ल्याए।

राप्रपाका हेमजंग गुरूङले १ हजार ६४३, नेकपाका किरणले १ हजार २७६ र उज्यालो नेपालका कुशल गुरूङले १ हजार २०१ मत ल्याए । यहाँ १७ उम्मेदवार थिए। कास्की २ लाई एमालेले आफ्नो किल्ला मान्दै आएको थियो। २०६४ यताका कुनै पनि चुनाव हारेको थिएन।

पत्रकारिताबाट राजनीतिमा छिरेका रास्वपाका उत्तमले सभापति रवि लामिछानेसँगै टिभीमा काम गरेका थिए । जितपछि उनले जेनजी आन्दोलनको मर्म र पार्टीको वाचापत्र बमोजिम देशलाई विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित: २३ फागुन २०८२ १०:२५ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast