भक्तपुर १ : नेमकिपाको तोडियो ३४ वर्षदेखिको अपराजित यात्रा, हारे सुवाल

हिमाल प्रेस २३ फागुन २०८२ ९:०५ | Saturday, March 7, 2026
18
SHARES
भक्तपुर १  : नेमकिपाको तोडियो ३४ वर्षदेखिको अपराजित यात्रा, हारे सुवाल प्रेम सुवाल। फाइल तस्बिर

काठमाडौँ- भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन्।

रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए। नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए।

यो क्षेत्रमा नेमकिपाको गढ मानिन्छ। यसअघिका २०७४ र २०७९ मा यहाँबाट नेमकिपाका प्रेम सुवाल विजयी बने। त्यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० मा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे विजयी बने। तर अब भने नेमकिपाको गढ तोडिएको छ।

प्रकाशित: २३ फागुन २०८२ ९:०५ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast