काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनी यसअघि सोही क्षेत्रबाट २ पटक विजयी बनेका छन्। २०७९ सालको निर्वाचनमा सानदार मत सहित विजयी भएका उनी राहदानी मुद्दामा सांसद पद गुमाएपछि उपनिर्वाचनबाट पनि जित निकालेका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ९३५ मत पाएकी छिन्। यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९५ मत ल्याएका छन्।
प्रकाशित: २३ फागुन २०८२ ८:०३ | Saturday, March 7, 2026
प्रतिक्रिया





