लमजुङमा कांग्रेसका गमप्रसादले पछि पारे पृथ्वीसुब्बालाई

हिमाल प्रेस २२ फागुन २०८२ १३:३३ | Friday, March 6, 2026
30
SHARES
लमजुङमा कांग्रेसका गमप्रसादले पछि पारे पृथ्वीसुब्बालाई

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परेका छन्।

उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन्। गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले १ सय १० र नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका हरिजंग तामाङले ३४ मत पाएका छन्।

१ लाख ३७ हजार मतदाता रहेको उक्त क्षेत्रमा ७५ हजार २५ मत खसेको थियो।

प्रकाशित: २२ फागुन २०८२ १३:३३ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast