मुस्ताङमा कांग्रेसका योगेश निर्वाचित

हिमाल प्रेस २२ फागुन २०८२ १२:२७ | Friday, March 6, 2026
12
SHARES
मुस्ताङमा कांग्रेसका योगेश निर्वाचित

पोखरा- हिमालपारिको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्।

बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनअर्न्तरगत शुक्रबार सम्पन्न अन्तिम मतगणनामा उनले नेकपा एमाले उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरी दोस्रोपल्ट संघको चुनाव जितेका हुन्।

उनले ३ हजार ३०७ मत ल्याउँदा इन्द्रधाराले १ हजार ८०६ मत प्राप्त गरेका छन्।

यसैगरी, तेस्रो स्थानमा रहेका रास्वपा उम्मेदवार अद्वितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गरे। जिल्लामा ५६ प्रतिशत मत खसेको थियो।

योगेश मात्र ३२ वर्षका भए। उनी कांग्रेस जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन्। ३ वर्षअघि २०७९ को प्रतिनिधिसभा सदस्य चुनावमा योगेशले एमालेकै उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका थिए।

त्यसबेला योगेशले कुल खसेको मतको ३ हजार ९९६ मत ल्याउँदा प्रेमप्रसादको ३ हजार ७८ मत थियो।

थासाङ गाउँपालिकाको लेतेका स्थायी वासिन्दा योगेश पर्यटन व्यवसायी समेत हुन्। गण्डकी प्रदेशमा कुल १८ क्षेत्रमध्ये बाँकी १७ को नतिजा आउन बाँकी छ।

प्रकाशित: २२ फागुन २०८२ १२:२७ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast