रुपन्देही-२ मा रास्वपाका सुलभ एमालेका विष्णुभन्दा ७ हजार बढी मतले अगाडि

हिमाल प्रेस २२ फागुन २०८२ ९:०१ | Friday, March 6, 2026
26
SHARES
रुपन्देही-२ मा रास्वपाका सुलभ एमालेका विष्णुभन्दा ७ हजार बढी मतले अगाडि

बुटवल- रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्।

१० हजार ६२९ मत गन्दा सुलभले ७ हजार १५१ मत प्राप्त गरेका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले १ हजार ६५८ ल्याएका छन्।

कांग्रेसका चुन्न पौडेलले ७३४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डेले ३१५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

रुपन्देही-२ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए। यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन्।

जसमध्ये ८६ हजार ५३० मत अर्थात ६४.०७ प्रतिशत मत खसेको छ। मतगणना रातीदेखि बुटवल ११ स्थित निर्वाचन कार्यालयमा भइरहेको छ।

प्रकाशित: २२ फागुन २०८२ ९:०१ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast