इन्दिरा रानामगर। फाइल तस्बिर।
झापा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। झापा निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्दिरा राना मगर अग्रस्थानमा छिन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएका मतमध्ये मगरले १ हजार ५९९ मत प्राप्त गरेकी छन्।
उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका देवराज घिमिरे ले २७५ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाममा परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
प्रकाशित: २२ फागुन २०८२ ८:३९ | Friday, March 6, 2026
प्रतिक्रिया





