मतगणनास्थल । फाइल तस्बिर।
भक्तपुर- प्रतिनिधिसभा सदस्यको लागि बिहीबार सम्पन्न निर्वाचनअन्तर्गत भक्तपुरको क्षेत्र नं १ र २ गरी दुवै क्षेत्रको मतगणना मध्यरातिदेखि सुरु भएको छ।
भक्तपुर क्षेत्र नं १ को मतगणना खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राति १२:३० बजेदेखि मतगणना सुरु भएको हो।
भक्तपुर क्षेत्र नं १ मा कुल एक लाख सात हजार ५४ मतदाता रहेकामा ७८ हजार २७२ मत अर्थात् ७३.११ मत खसेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीम बिसीले जानकारी दिए।
त्यस्तै, भक्तपुर क्षेत्र नं १ मा आज राति १ बजेदेखि मतगणना सुरु भएको हो।
मध्यपुरथिमि नगरपालिका सिन्टीटारस्थित कृषि विकास बैंकको तालिम हलमा भएका मतगणना राति १:०० बजे सुरु भएको हो।
निर्वाचन क्षेत्र नं २ मा कुल ९८ हजार ३५६ मतदाता रहेकामा ७१ हजार ९९६ मत अर्थात् ७१.४६ प्रतिशत मत खसेको बिसीले जानकारी दिए।
दुवै क्षेत्रको प्रारम्भिक मतपरिणाम भने सार्वजनिक भएको छैन।





