काठमाडौँ- काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ। निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५५१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका हिमाल कार्कीले ५४५, नेकपा एमालेका विनोद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २०४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन्।
यसैगरी काठमाडौँ क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २९०, नेपाली कांग्रेसका सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा एमालेका राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४८१, नेकपा एमालेका प्रकाश श्रेष्ठले ३०८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २८२, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन्।
काठमाडौँ क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रवल थापा श्रेत्रीले एक हजार ६९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा एमालेका मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन्।
काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४२४, नेकपा एमालेका मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन्।
त्यस्तै, काठमाडौँ क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले एक हजार ८४६ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्याल ५८३ र नेकपा एमालेका रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगले बिहान ४:३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौँ क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ८६५, नेकपा एमालेका राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन्।
त्यसैगरी, काठमाडौँ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४२४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, नेकपा एमालेका ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन्। अन्य क्षेत्रको विवरण भने प्राप्त भइसकेको छैन।





