काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत निकै चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साढे ३ बजेसम्म उक्त क्षेत्रमा कुल मतदातामध्ये ५५ प्रतिशतले मत खसालेका छन्। मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति निरन्तर देखिएको छ।
यसपटकको निर्वाचनमा झापा-५ चौतर्फी चासोको केन्द्र बनेको छ। विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहबीचको प्रतिस्पर्धालाई आम जनताले विशेष ध्यानका साथ हेरिरहेका छन्।
देशकै राजनीतिक रूपमा चर्चित प्रतिस्पर्धा मानिएको यस क्षेत्रमा मतदानको अवस्था र परिणामलाई लिएर राजनीतिक वृत्तमा समेत चासो बढेको छ।
प्रकाशित: २१ फागुन २०८२ १५:५२ | Thursday, March 5, 2026
प्रतिक्रिया





