ठूलो दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको विमान

हिमाल प्रेस २० फागुन २०८२ १७:३७ | Wednesday, March 4, 2026
32
SHARES
ठूलो दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको विमान

सुर्खेत- सुर्खेतमा श्री एयरलाइन्सको विमानको टायर पड्किएको छ।

श्रीएयरलाइन्सको ९एन-एओएल कलसाइन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पड्किएको सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले जानकारी दिए। उनका अनुसार अवतरणकै क्रममा विमानको बायाँ पछाडिको टायर पड्किएको थियो।

विमानमा रहेका सबै यात्रुहरू सकुशल बाहिरिएका छन्। हाल विमान पार्किङमा राखेर मर्मतका लागि काठमाडौँको टोली सुर्खेत आउन लागेको बताए। घटनापछि सुर्खेत-काठमाडौँ निर्धारित उडान भने रद्द गरिएको छ।

प्रकाशित: २० फागुन २०८२ १७:३७ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast